हरिवन – सर्लाहीको हरिवनमा नेकपा माओवादी केन्द्रको नगर पार्टी कार्यालय उद्घाटन गरिएको छ ।
पार्टीका केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला इन्चार्ज अच्यूतम काफ्ले, जिल्ला सचिव कमल बुढाथोकी, नेता अर्जुन पन्त लगायतको उपस्थितिमा मंगलबार हरिवन बजारमा नगर पार्टी कार्यालय उद्घाटन गरिएको हो । सोही अवसरमा दशैँ, तीहार, छठ, मोहम्मद–डे र ल्होसारको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।
यसैबीच, ईश्वरपुरमा आज बहुजन एकता पार्टी नेपालको नगर स्तरीय भेला सम्पन्न भएको छ । ईश्वरपुर नगरपालिका–६, बयलवास बजारमा भएको भेलामा पार्टीका राष्ट्रिय अध्यक्ष हरिनन्दन कुमार रन्जन, वरिष्ठ नेता राजाराम पासवान लगायतले सम्वोधन गर्दै बहुजन समाजको उत्थान र विकासका लागि निरन्तर लागिपरेको बताए ।