कौडेना – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सर्लाहीको संयोजकमा कौडेना गाउँपालिकाका अध्यक्ष राम प्रसाद राय यादवलाई चयन गरिएको छ ।
पार्टीका केन्द्रीय अध्यक्ष ठाकुरले यादवलाई संयोजकको जिम्मेवारी तोकेका हुन् । संयोजक बाहेक अन्य पदाधिकारी भने तोकिएको छैन् ।
जनता समाजवादी पार्टी (जसपा) एक हुँदा पनि यादवले केही समय जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।