logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सशस्त्र प्रहरीद्वारा लालबन्दीबाट पेस्तोल र ५ राउण्ड गोली बरामद्


  • उज्यालो अभियान

सशस्त्र प्रहरीले लालबन्दीबाट बरामद् गरेको पेस्तोल र गोली । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी – सशस्त्र प्रहरीले जिल्लाको लालबन्दीबाट एक थान पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली बरामद गरेको छ ।

सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प हरिवनबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र थापाको कमाण्डमा खटिएको गस्ती टोलीले सुक्रवार बिहान ५ः३० बजेतिर लालबन्दी नगरपालिका–५, स्थित रेल्वे ट्रयाकबाट हतियार बरामद् गरेको हो ।


गस्तीमा रहेको सुरक्षाकर्मीलाई देख्नासाथ प्रदेश नं. २–०२–००४ प ७७५७ नम्वरको अपाचे मोटरसाइकल छाडेर चालक फरार भएका र उक्त मोटरसाइकल चेकजाँच गर्दा लेगगार्डमा झुण्ड्याएर राखेको झोलामा कपडाभित्र लुकाएर राखेको अवस्थामा एक थान कटुवा पेस्तोल र उक्त पेस्तोलमा लाग्ने ५ राउण्ड गोली बरामद् भएको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले उज्यालो अभियानसँग बताए ।


श्रेष्ठका अनुसार एक राउण्ड पेस्तोलमा लोड भएको र ४ राउण्ड बाहिरै रहेको गोली बरामद् भएको हो । बरामद् भएको हतियार र मोटरसाइकल थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लालबन्दीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।