सुक्रवार बिहान हरिवनको सुखेपोखरी स्थित उनैले सञ्चालन गरेको अनाथ बालआश्रमबाट निकालिएको स्व. खनालको शव यात्रा ।
हरिवन – धादिङमा मृत फेला परेका समाजसेवी सरोज खनालको शव राती जिल्ला ल्याइपु¥याइएको छ ।
राती २ बजेतिर सुखेपोखरीस्थित अनाथाश्रममा ल्याएर राखिएको उनको शव अब केहीबेरपछि बागमतीमा लगेर अन्त्येष्टि गरिँदै छ । शव बागमतीमा लानका लागि शव यात्रा सुरु भएको छ ।
सुखेपोखरीमा रहेको अनाथाश्रमका संचालक एवं समाजसेवी खनाल हिजो बिहान सुतेकै ओछ्यानमा मृत अवस्थामा फेला परेका थिए । बरहथवा नगरपालिका–१६, गंगापुर पुख्र्यौली घरभई हरिवनस्थित सुखेपोखरीमा बाल अनाथाश्रम संचालन गर्दै आएका ५३ वर्षीय खनाल धादिङमा आफ्नै कोठामा मृत फेला परेका हुन् ।
उनको मृत्युको कारण खुलिसकेको छैन् । सर्भिस फर पिस नेपालका महासचिव समेत रहेका खनाल सोही संस्थाले धादिङ जिल्लामा निर्माण गरिरहेको खानेपानी आयोजनाको कामका लागि केही दिनदेखि त्यहाँ गएर बस्दै आएका थिए ।
खनालको पार्थिव शरीरमा सर्भिस फर पिस नेपालका अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहिवार नै धादिङमै आएर श्रद्धान्जली अर्पण गरेका थिए ।