logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

२२ किलो गाँजासहित मलंगवाबाट एक युवक पक्राउ


  • उज्यालो अभियान

मलंगवा – मलंगवामा वुधवार बिहानै २२ किलो गाँजासहित एक युवक पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) मलंगवाको टोलीले मलंगवा नगरपालिका–९, का २४ वर्षीय ललित कुमार महतोलाई गाँजासहित पक्राउ गरेको हो । महतोलाई तयारी अवस्थामा रहेको दुई पोका गाँजा बोकेर भारततर्फ जाँदै गरेको अवस्थामा मलंगवा नगरपालिका–९, स्थित सीमा क्षेत्रबाट पक्राउ गरिएको सशस्त्र प्रहरीले जनायो ।

उनलाई थप अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।