logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

प्रियंका परिवारलाई राहत वितरण


  • उज्यालो अभियान

हरिवन–सर्लाहीको लालबन्दीमा हत्या गरिएकी किशोरी प्रियंका भुजेलको परिवारलाई राहत वितरण गरिएको छ ।

शुक्रवार हरिवन नगरपालिका–११, स्थित मनोकामना बहुउद्देश्यीय सहकारी संस्थाले १५ हजार राहत हस्तान्तरण गरेको हो । पुुर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता तथा संस्थाका अध्यक्ष शम्भुलाल श्रेष्ठले लालबन्दी नगरपालिका-१७, रानिगंज डाडाँटोल स्थित घरमै पुुगेर किशोरीका बुबा राजेश भुजेललाई राहत बापतको रकम बराबरको चेक हस्तान्तरण गरेका संस्थाले जनाएको हो । संस्थाको सामाजिक उत्तरदायित्व कोषबाट उक्त परिवारलाई राहत रकम सहयोग गरिएको संस्थाका ब्यवस्थापक सन्तोष पाण्डेले जानकारी दिए ।

किशोरीको परिवारको आयस्तर अत्यन्त कम्जोर रहेको र घरमा ३ जना बालबालिकाको लालनपालन गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै संस्थाको तर्फबाट सानो सहयोग गरिएकोे अध्यक्ष श्रेष्ठले जानकारी दिए । किशोरीका बुवाले दैनिक ज्याला मज्दुरी गरेर परिवारको लालन पालन गर्दै आएका छन् । भने, तिनै जना भाई बहिनीको जिम्मेवारी हत्या भएकी किशोरी प्रियंकाले काधमा थियो । उन्को समेत गत साउन ३१ गते राती हत्या भएपछि उनिहरुको समेत बिचल्ली भएको स्थानीयको भनाई छ ।

प्रियंकाको आमाको पनि ६ महिना पहिला मात्र कान्छो छोरा जन्माउने क्रममा सुत्केरी अवस्थामै ज्यान गएको थियो । राहत हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्ण ओम पोते, संचालक प्रकाश श्रेष्ठ, कृष्ण उप्रेती, संस्थाका ऋण अधिकृत सबिन अधिकारी लगाएत सहभागी भएका संस्थाले जनाएको हो ।