logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सयौं कार्यकर्ता प्रवेश गरेको माओवादीको दाबी


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा विभिन्न पार्टी परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र सर्लाहीले दाबी गरेको छ ।

सोमवार हरिवन नगरपालिका–११, मा माओवादी केन्द्रले आयोजना गरेको वडा भेला मार्फत शेष ईस्तियारको नेतृत्वमा ३०२ जना नेता तथा कार्यकर्ता प्रवेश गरेको सो पार्टीले दाबी गरेको हो । विभिन्न पार्टी परित्याग गरी आएका नव प्रवेशीहरुलाई माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि अच्युतम काफ्लेले अबिर र दोसल्ला सहित पार्टीमा स्वागत गरेको बताईएको छ ।

यसैविच सोही भेलाले हरिवन नगरपालिका–११ नम्बर वडा कमिटी समेत गठन गरेको छ । माओवादी केन्द्रका केन्द्रिय सदस्य काफ्लेको प्रमुख आतिथ्यतामा आयोजित भेलाले शम्भु गुरुङको अध्यक्षतामा २९ सदस्य वडा कमिटी गठन गरेको केन्द्रले जनाएको हो । सचिवमा शेष ईस्तियार र अन्य सदस्यमा चयन भएका माओवादी केन्द्र हरिवन नगर कमिटीले जनाएको छ ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य अच्युतम काफ्ले, कार्यवाहक अध्यक्ष कमल बुडाथोकी, जिल्ला कमिटी सदस्य अर्जुन पन्त, महिला नेतृ पद्मा मोक्तान, नेता गौरी महतो लगाएतको आतिथ्यता रहेको थियो । भेला वडा कमिटी अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।