बसबरिया – सर्लाहीमा सशस्त्र प्रहरीले सोमवार साँझ सरकारी नम्वर प्लेटको मोटरसाइकलमा लागूऔषध लिएर हिँडिरहेका एक जना कार्यालय सहयोगीलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्प मनुष्माराले धनकौल गाउँपालिका–३, निवासी २६ वर्षीय जयकिशोर सिंहलाई ना १ ब २२१२ नम्वरको सरकारी मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । सिंहको साथबाट लागूऔषध कोडिवेल कफ सिरफ सय एमएलको ३७१ बोतल बरामद् भएको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गंगाराम श्रेष्ठले उज्यालो अभियानलाई जानकारी दिए ।
लागूऔषधसहित पक्राउ परेका सिंह धनकौल गाउँपालिकाका कार्यालय सहयोगी हुन् । मनुष्मारास्थित चेक प्वाईन्टमा रोकेर चेकजाँच गर्न खोज्दा फरार भएका सिन्हलाई शसस्त्र प्रहरी निरीक्षकको कमाण्डमा रहेको टोलीले बरहथवा नगरपालिका–८, टाँडीबाट पक्राउ गर्न सफल भएको हो ।
उनलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइसकिएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।