logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

राष्ट्रिय सभाका उपाध्यक्ष दाहालद्वारा बरहथवा नगरपालिकाको निरीक्षण


  • उज्यालो अभियान

बरहथवा – राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालले सोमवार सर्लाहीको बरहथवा नगरपालिकाको निरीक्षण गरेकी छन् ।

उनलाई मेयर देवानन्द महतो, उपमेयर सीतादेवी माझी लगायतले बरहथवामा स्वागत गरे । स्वागत ग्रहणपश्चात मन्तव्य राख्दै राष्ट्रिय सभाका उपाध्यक्ष दाहालले संघीयतामा अधिकारका विषयलाई लिएर तीन तहका सरकारबीच विवाद देखिएको र अहिले निर्माण भइरहेका कानुन तय भएपछि स्थानीय तह, प्रदेश र संघ आ–आफ्नो कानुनबारे स्पष्ट हुने बताईन् ।

उनले जनतासँग सोझै जोडिने भएकाले संघियता कार्यान्वयनमा सबै भन्दा महत्वपूर्ण भूमिका स्थानीय तहहरुकै रहेको उल्लेख गरिन् ।

बरहथवा आउनुभएको अवसरमा दाहालले नगरपालिका कार्यालयको सम्पूर्ण शाखाहरुको निरीक्षण गरेको नगरपालिकाको कानुनी सल्लाहकार महेश बरालले उज्यालो अभियानसँग बताए ।