कैलाशपुरी – हरिवनस्थित कैलाशपुरी वनबाटिकामा बिहिवार बसेको नेपाल चेम्बर अफ कमर्शको बैठकले प्रदेश स्तरीय कमिटी विस्तार गरेको छ ।
चेम्बरको प्रदेश नं. २ का अध्यक्ष पवन ठाकुरको अध्यक्षतामा बसेको चेम्बरको जिल्ला तथा स्थानीय तहमा गठित कमिटीका पदाधिकारीहरुको बैठकले प्रदेश कमिटीलाई विस्तार गरेर १४ सदस्यीय पु¥याएको हो । ५ जना सदस्य पछि मनोनित हुने छन् ।
कमिटीमा हरिवनबाट कृष्णजंग कार्की (निराजन) वरिष्ठ उपाध्यक्ष, टोपराज लुईटेल सचिव र दिनेश ओमपोते सदस्यमा चयन भएका छन् । यस्तै, कमिटीमा अन्य जिल्लाहरुबाट उपाध्यक्षमा रामशंकर साह र सीता केसी, महासचिवमा शंकर प्रसाद साह, सचिवमा राजेश पाठक, कोषाध्यक्षमा सन्जिव साह, सहकोषाध्यक्षमा मनोज ठाकुर चुनिएका प्रदेश कमिटीका वरिष्ठ उपाध्यक्ष कृष्णजंग कार्की (निराजन) ले जानकारी दिए ।
उद्योगी, व्यवसायीहरुको संगठन नेपाल चेम्बर अफ कमर्सले उनीहरुकै हितका लागि आवाज उठाउँदै आएको छ ।