logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

चौलिखा बजारको सन्जय हार्डवेयर पसलमा आगलागी


  • उज्यालो अभियान

भक्तिपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–१, भक्तिपुर चौलिखा बजारमा रहेको सन्जय हार्डवेयर पसलमा राती आगलागी भएको छ ।

आगलागीबाट पसलमा रहेका लाखौँ मूल्यका सरसामग्री र केही थान मोटरसाइकल जलेर नष्ट भएका छन् । व्यापारी सन्जय साह सुँढीले संचालन गरेको हार्डवेयर पसलमा आगलागी भएको हो । आगलागीबाट भएको क्षतिको ऐकिन विवरण नआएपनि लाखौँको क्षति भएको पीडितले बताएका छन् ।

पसलमा कसैले आगजनी गरेको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले सो घटनाका सम्वन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।