logo
  • मङ्लबार, चैत्र ६, २०८० / Tuesday, Mar, 19 ,2024

सर्लाहीबाट काठमाडाैं हिँडेकाे रात्रीबसबाट सशस्त्रद्वारा लाखाैं मुल्यको थान कपडा बरामद्


  • उज्यालो अभियान

श्रवण थापा/हरिवन – सर्लाहीको हरिवन स्थित सशस्त्र प्रहरी बल बेस क्याम्पकाे टाेलीले साेमबार साँझ लाखौँ मुल्य बराबरको थान कपडा बरामद् गरेको छ ।

सदरमुकाम मलंगवाबाट काठमाडौँ जाँदै गरेकाे एक रात्री बसबाट ठूलाे परिमाणमा थान कपडा बरामद् भएकाे हाे । बरामद् कपडाको एकिन परिमाण थाहा नभएपनि ठुलो साईजको २२ बोरा कपडा रहेको सशस्त्र प्रहरी स्राेतले जनायाे । सशस्त्र प्रहरी बल हरिवन बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दिपेन्द्र थापा नेतृत्वकाे टाेलीले हरिपुरमा चेकजाँच गर्दा साे कपडा बरामद् गरेकाे बताईएकाे छ । यसबारे विस्तृतमा बुझ्न पटक-पटक फाेन गर्दा सप्रनाउ थापाकाे माेबाईल उठेन ।

सशस्त्र प्रहरी बल १० नम्बर गण कबिलासीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठका अनुसार बसबाट कपडा बरामद भएको भएपनि कपडा कस्को ? र कस्ले ? कुन प्रयोजनको लागी लिएर हिँडेको भन्ने खुलेको छैन् । बरामद कपडा र बस नियन्त्रणमा लिएर अनुसन्धान भईरहेकाले विस्तृत विवरण आउन बाँकी रहेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

उक्त कपडा भारतबाट तस्करी गरेर नेपाल भित्र्याईएको र लुकाईछिपाई राजधानी काठमाडौं तर्फ लैजान लागेकाे हुन सक्ने अनुमान सहित अनुसन्धान अगाडि बढाईएकाे सशस्त्र प्रहरी स्राेतले जनायाे । हाल बरामद् कपडा सशस्त्र प्रहरी बेस क्याम्प हरिवनमा राखिएकाे छ ।

error: Content is protected !!