logo
  • मङ्लबार, चैत्र ६, २०८० / Tuesday, Mar, 19 ,2024

सर्लाहीमा नयाँ सेना प्रमुख आए


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको नवलपुर पाँचकुमारीस्थित भैरवी दल गणबाट सरुवा भएका गणपति सरोज रानालाई नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ सर्लाहीले बिदाई गरेको छ ।

संघको आफ्नै कार्यालय हरिवनमा एक कार्यक्रमको आयोजना गरी कर्णेल रानालाई बिदाई गरिएको हो । यस्तै, सोही अवसरमा नयाँ सरुवा भएर आएका गणका गणपति एवं कर्णेल अभिषेक कार्कीलाई स्वागत समेत गरिएको छ ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका केन्द्रीय सदस्य प्रभुनारायण शिवकोटी (श्याम), जिल्ला अध्यक्ष शंकर थापा लगायतले पुराना कर्णेल रानाको बिदाई र नयाँ कर्णेल कार्कीको स्वागत गरेका हुन् ।

error: Content is protected !!