लालबन्दी – खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लालबन्दीको वुधवार छेठौं वार्षिक स्थापना दिवस तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाको बाहुनी दोभान प्लान्ट लालबन्दी–१३ मा संस्थाका अध्यक्ष वासुदेव अधिकारीको अध्यक्षता तथा प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । लालबन्दी नगरपालिका वडा नं. १३ का वडाध्यक्ष शिवकृष्ण वैद्यले स्वागत मन्तव्य रोखेको कार्यक्रममा तत्कालिन लालबन्दी–पत्थरकोट खानेपानी योजना उपभोक्ता समितिका संस्थापक अध्यक्ष आभुषण चौलागाईं, नेपाली कांग्रेस लालबन्दीका नगर सभापति प्रशान्त आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा लालबन्दी–पत्थरकोट खानेपानी योजना उपभोक्ता समितिका पूर्व अध्यक्ष राजन काफ्ले, विभिन्न दलका पार्टी प्रतिनिधि, वडाध्यक्षहरु र खानेपानी आयोजनासँग सरोकार राख्ने विभिन्न निकाय तथा संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । संस्थाको स्थापना दिवसको अवसर पारेर बाहुनी दोभान प्लान्टमा विभिन्न जातका विरुवा रोपिएको संस्थाले जनाएको छ ।