logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सर्लाहीको बसबरियामा करेन्ट लागेर पुजारीको ज्यान गयो


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

मलंगवा – जिल्लाको दक्षिणी भेगस्थित बसबरियामा करेन्ट लागेर एक जना पुजारीको ज्यान गएको छ ।

बसबरिया गाउँपालिका–६, सोहड्वामा रहेको राम जानकी मठका पुजारी विष्णु गाउँपालिका–८, बत्रौलका ६० वर्षीय किशोरी दास बैरागीको करेन्ट लागेर ज्यान गएको हो । दास सो मन्दिरमा बिगत ४५ वर्षदेखि पुजारी बस्दै आएका थिए । उनलाई भजन किर्तनका लागि मन्दिरको बरण्डामा माइकको तार जोड्न खोज्दा करेन्ट लागेर घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।