केही समयअघि एक युवक तालमा डुबेर बेपत्ता भएपछि खोजी हुँँदै । फाईल तस्बीर ः उज्यालो अभियान
बागमती – बागमतीस्थित भरत तालमा डुबेर बेपत्ता भएका युवक २५ घण्टापछि शनिवार साँझ मृत फेला परेका छन् ।
शनिवार तालमा माछा मार्न जाँदा डुबेर बेपत्ता भएका बागमती नगरपालिका–१, मिलन चौकका १८ वर्षीय सुशान्त थापा मगर आइतवार साँझ साँढे ५ बजेतिर मृत फेला परेका हुन् । मगर शनिवार अपरान्ह ४ बजेदेखि तालमा डुबेर बेपत्ता भएका थिए ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निरन्तर खोजी गर्दा युवकको शव फेला परेको हो । बोटमा चढेर तथा पौडी खेलेर खोज्दा समेत युवकको अवस्था थाहा हुन नसकेपछि भ्याकुमको सहायतामा पानी पन्छाएपछि युवकको शव फेला परेको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अवधेश कुमार यादवले उज्यालो अभियानकर्मी जनार्जन खत्रीसँग बताए ।
यादवले मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, मलंगवा पठाउने तयारी भइरहेको छ ।
बागमती नगरपालिकाले वडा नं. १२ मा १२१ बिघा क्षेत्रफलमा ताल निर्माण गरिरहेको छ । तालमा बागमती नदीको पानी ल्याएर हाल्ने गरिएको छ ।
निर्माणाधीन ताललाई दुई भागमा बिभाजन गरिएको छ । अहिले तालको दक्षिणी भागमा पानी सुकिसकेको छ भने उत्तरी भागमा मात्रै पानी छ ।
एक बाँस भन्दा गहिरो पानी जमेको स्थानमा डुबेर युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । युवकसँगै माछा गर्न गएका अरु ५÷६ जना भने सकुशल बाहिर निस्कन सफल भएका थिए ।