logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सहमतीपछि बालकको शव पोष्टमार्टमका लागि पठाइयो


  • उज्यालो अभियान

नवलपुर – वुधवार मध्यराती विषालु सर्पको डसाईबाट ज्यान गुमाएका बालकको शव परिवारसँगको सहमतिपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।

राती नवलपुर सर्पदंश उपचार केन्द्रमा सामान्य उपचार गराई थप उपचारका लागि जनकपुरतर्फ लाँदै गर्दा एक बालकको ज्यान गएको थियो ।

मृतक हरिवन नगरपालिका १ का ५ वर्षीय बालक शिवम् ठाकुरको शव केही बेरअघि जिल्ला अस्पताल मलंगवा पठाइएको हो ।

बालकको चिकित्सकको लापरवाहीले मृत्यु भएको आरोपसहित मृतकका आफन्तले बालकको शव पोष्टमार्टम नगरी घर लान पाउनु पर्ने माग गरेका थिए ।