नयाँरोड – आदिकवि भानुभक्त आचार्यको २ सय ८ औँ जन्मजयन्तिका अवसरमा मंगलवार सर्लाहीको हरिवन नगरपालिका–१०, नयाँरोडमा रहेको सर्लाही एम्बिसन एकेडेमीले कविता बाचन प्रतियोगिता सम्पन्न गरेको छ ।
विद्यालयका विद्यार्थीहरुबीच कोभिड संक्रमणलाई मध्यनजर गर्दै जुममार्फत प्रतियोगिता आयोजना गरिएको हो । जसमा समिर खड्का पहिलो, अमृत भुजेल दोस्रो, आकृति बोम्जन तेस्रो र देवकला राज भण्डारीले सान्त्वना स्थान हाँसिल गरेका विद्यालयका फाउण्डर प्रेन्सिपल सुरेश बहादुर पाख्रिनले बताए ।
प्रतियोगिताको नारायण प्रसाई निर्णायक थिए ।