logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

अतिविपन्न बालबालिकालाई विद्यालय पोसाक वितरण


  • उज्यालो अभियान

कालिन्जोर – सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरमा रहेको महिला साना किसान कृषि सहकारी संस्थाले सोमवार २६ जना अतिविपन्न बालबालिकालाई विद्यालय पोसाक वितरण गरेको छ ।

वडाभित्रका विद्यालय भर्ना भएका, भर्ना भएर पनि पढाई छाडेका र यस वर्ष भर्ना हुने तयारीमा रहेका अतिविपन्न बालबालिकालाई विद्यालय पोसाक उपलब्ध गराइएको संस्थाका प्रवन्धक बिजय कुमार बोहराले जानकारी दिए ।

विद्यार्थी भर्ना अभियानको अवसर पारेर सामाजिक कार्य अन्तर्गत संस्थाले वडा कार्यालय कालिन्जोरमा बालबालिकाहरुलाई जम्मा पारेर विद्यालय पोसाक उपलब्ध गराएको हो ।

संस्थाकी अध्यक्ष विन्दा लुंगेलीको अध्यक्षता तथा वडा सदस्य मधुमाया थिङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वडा सदस्य जुना परियार, वडा सचिव उमाकान्त ढुंगेल, कांग्रेस नेता हरि लुंगेली, महेश बराल, शिक्षक भिम खड्का लगायतको उपस्थिति रहेको थियो ।

ईश्वरपुर–१२, कालिन्जोरमा समुन्नति परियोजना अन्तर्गत सेभ द चिडे«न र ग्रामीण नारी उत्थान संघले पनि यसरी बेला–बेलामा त्यहाँका विद्यालय र विद्यार्थीहरुलाई सहयोग गर्दै आइरहेको छ ।