logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

हरिवन नगरपालिकाको बजेट सर्वसम्मत पारित


  • उज्यालो अभियान

नगर सभालाई सम्वोधन गर्दै मेयर गणेश प्रसाद प्रसाई ।

हरिवन – सर्लाहीको हरिवन नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति, तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पास गरिएको छ ।

हिजो (सुक्रवार) बसेको पाँचौं नगर सभाको चौंथो बैठकले एक अर्ब ३ करोड बढीको बजेट पास गरेको नगरपालिकाको शिक्षा शाखाका प्रमुख उपसचिव नवराज निरौलाले उज्यालो अभियानकर्मी जनार्जन खत्रीसँग बताए ।

नगर सभा बैठकमा नगर प्रमुख गणेश प्रसाद प्रसाई, उपप्रमुख रेणुका पौडेल, प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुँडाल लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

स्थानीय तहहरुले असार १० मा आ–आफ्नो गाउँ तथा नगर सभामा बजेट ल्याएर असार २५ भित्र पारित गर्नुपर्ने प्रावधान छ । तर कतिपय पालिकाहरुले निर्धारित समयभित्र बजेट पास गराउन सकेनन् । जिल्लाको दक्षिण–पश्चिम भेगमा पर्ने रामनगर गाउँपालिकाले त आजसम्म गाउँ सभा नै प्रारम्भ गर्न सकेको छैन् ।