logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पूर्व उपप्रधानमन्त्री एवं जसपा वरिष्ठ नेता राजेन्द्र महतोका साँढुभाईको करेन्ट लागेर मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा शनिवार बिहान करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।


मलंगवा नगरपालिका वडा नं. ८ का ५५ वर्षीय जयनारायण महतोको ज्यान गएको हो ।

घरमा मोटर जडान गर्नेक्रममा करेन्ट लागेर गम्भीर घाईते भएका महतोलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनायो ।

मृतक जयनारायण जनता समाजवादी पार्टीका वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महताेका साँढुभाई हुन् । चन्द्रनगर गापा अन्तर्गत माेहनपुर पुरानाे घर भएका मृतक महताेकाे अहिले साँझ परम्परा अनुसार दाहसंस्कार कार्य भईरहेकाे छ । दाहसंस्कारमा पूर्व उपप्रधानमन्त्री महताे पनि सहभागी छन् ।