मलंगवा – प्रदेश २ मा भर्खरै सरुवा भएर आएका प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेश रन्जितकारले सुक्रवार जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण गरेका छन् ।
डीआईजी रन्जितकार सुक्रवार दिउँसो सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय पुगी निरीक्षणसहित प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिएका हुन् । उनलाई जिल्ला प्रहरी प्रमुख (एसपी) सन्तोष सिंह राठौरले जिल्लाको शान्ति सुरक्षाको अवस्था, सर्लाही प्रहरीको काम कारवाही लगायतबारे जानकारी गराए ।
निरीक्षणका क्रममा डीआईजी रन्जितकारले प्रहरी अधिकृतहरुलाई प्रहरीको मर्यादा र अनुशासनमा रही काम कारवाही गर्न निर्देशन दिनुभएको एक अधिकृतले जानकारी दिए ।
डीआईजी रन्जितकारको निरीक्षण तथा ब्रिफिङमा जिल्ला प्रहरी प्रमुख राठौर, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकी, ईलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं डीएसपी उद्धव सिंह भाट लगायत विभिन्न प्रहरी युनिटका इन्चार्जहरुको उपस्थिति रहेको थियो ।