मलंगवा – विवाहको प्रलोभन देखाएर युवतीमाथि जवरजस्ती करणी गरेकाे आराेपमा पक्राउ परेका एक युवक पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
सर्लाही अदालतका न्यायाधिश हरिप्रसाद काेइरालाकाे गत साेमबारकाे आदेशले चन्द्रनगर गाउँपालिका–७, का २२ वर्षीय हर्मेस कापर जबर्जस्ती करणी मुद्दामा पूर्पक्षका लागि कारागार चलान भएका हुन् । कापरले गत बैशाख २८ गते सिरहाकी २० वर्षीया एक युवतीलाई विवाहको प्रलोभन देखाई सर्लाहीकाे ईश्वरपुरमा ल्याएर करणी गरेको आरोप छ । उनले ती युवतीलाई करणीपछि साथमा भएकाे पैसा र माेबाईल समेत लिएर केहीछिनमा आउँछु भन्दै फरार भएका थिए । पीडित युवतीकाे भनाई अनुसार कापरले केही समय पहिला सिराहा जन्ती जाँदा स्थानीयसँग ती युवतीकाे माेबाईल नम्बर मागेकाे र सर्लाही फर्कीएपछि कुरा गर्दै गएर प्रेम अनि बिबाह नै गर्ने प्रलाेभनमा पारेका थिए ।
कापर भागेपछि अलपत्र परेकी ती युवतीलाई प्रहरीले उद्दार गरि महिला शान्ति केन्द्र (सेफ हाउस) मलंगवाकाे जिम्मा लगाएकाे थियाे । युवतीलाई गलत ठेगाना दिएकाले प्रहरीले कापरलाई ईश्वरपुर प्रहरीले जेठ तेस्रो साता मात्र पक्राउ गरेको थियो । पीडित युवतीकाे जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय केशरगंजले कापरमाथि जजक मुद्दा चलाएकाे थियाे । पीडित युवतीलाई हाल सदरमुकाम मलंगवास्थित सेफ हाउसमै राखिएकाे राखिएको प्रमुख बनिता कार्कीले जानकारी दिईन् ।