logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

ईश्वरपुरमा चक्कु प्रहार गरी एक जनाको हत्या, अभियुक्त पक्राउ


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

ईश्वरपुर – ईश्वरपुर नगरपालिका ४ सागरनाथ बस्ने ३५ वर्षीय सानु भन्ने कृष्ण बहादुर स्यङबोलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या भएको छ ।

सो अभियोगमा सोही ठाउँ बस्ने ५८ वर्षीय पाल दोर्जे स्याङतानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।