डीएसपी माधव प्रसाद बुढाथोकी ।
मलंगवा – जिल्ला प्रहरी कार्यालय सर्लाहीमा नयाँ डीएसपी हाजिर भएका छन् ।
डीएसपी माधव प्रसाद बुढाथोकी कार्यालयमा हाजिर भएका हुन् । हिजै (सोमवार) सदरमुकाम मलंगवास्थित कार्यालयमा आएका डीएसपी बुढाथोकीले आज (मंगलवार) देखि कार्यभार सम्हाल्दै छन् ।
केही दिनअघि प्रहरी प्रधान कार्यालयले यहाँका डीएसपी मदन कुँवरलाई ईलाका प्रहरी कार्यालय बुटवल सरुवा गरेर अर्घाखाँचीमा रहेका डीएसपी बुढाथोकीलाई सर्लाही जिल्लामा सरुवा गरेको थियो ।