logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

जनता नमूना मा.वि. सोल्टीका ५१ छात्रालाई साइकल वितरण


  • उज्यालो अभियान

सोल्टी – बागमती नगरपालिका–५, सोल्टी बजारमा रहेको जनता नमूना माध्यमिक विद्यालयका छात्रालाई आइतवार साइकल वितरण गरिएको छ ।

‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत विद्यालयको कक्षा ८ मा अध्ययनरत ५१ जना छात्रालाई साइकल वितरण गरिएको हो ।

प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यता तथा नगरपालिकाकी उपप्रमुख लिला कुमारी मोक्तानको विशिष्ठ आतिथ्यतामा छात्राहरुलाई साइकल हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक ज्ञानकुमार महतोले बताए ।