प्रतिकात्मक तस्बीर ।
सोल्टी – बागमती नगरपालिका–१० मा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
त्यहाँका ओजिर सेखकी ८ वर्षीया छोरी सहना खातुनको घर नजिकैको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनायो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।