लालबन्दीमा विपक्ष गठवन्धनका विद्यार्थीहरु मसाल जुलुसको तयारीमा । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी – सरकारको विरुद्धमा प्रदर्शन गर्दै विपक्ष गठवन्धनमा आवद्ध ५ दलका विद्यार्थी संगठनले शनिवार साँझ लालबन्दीमा मसाल जुलुस निकालेका छन् ।
नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एमालेको माधव समूह निकट अनेरास्ववियू, जनता समाजवादी पार्टीको उपेन्द्र यादव निकट विद्यार्थी संगठन र राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठन अखिल छैठौंले संयुक्त रुपमा मसाल जुलुस निकालेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद विघटन गरेको विरोधमा निर्माण भएको विपक्ष गठवन्धनको केन्द्रीय विद्यार्थी संगठनहरुको निणर्य अनुसार मसाल जुलुस निकालिएको नेविसंघका नेता युवराज देवकोटाले जानकारी दिए ।
प्रदर्शनका क्रममा विद्यार्थी नेताहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेर आगो निभाएको थियो ।