logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पानी पर्न रोकिएपछि बागमतीमा घट्न थाल्यो बाढी


  • उज्यालो अभियान

कर्मैया – बागमती नदीमा जलसतह घट्न थालेको छ ।

शनिवार बिहान भारी वर्षा हुँदा बागमती नदीमा जलसतहले खतराको तह पार गरेको थियो । बागमतीस्थित पधेरादोभान जलमापन केन्द्रमा शनिवार दिउँसो १२ः३० बजे गरिएको मापन अनुसार बागमतीको जलसतह सतर्कता तह आसपास रहेको छ ।

बिहान १० बजेको मापनमा बागमती नदीको पानीको सतह ६.८ मिटर पुगेर खतराको तर पार गरेको थियो ।

पानी पर्न रोकिएपछि बागमतीका पानीको सतह घट्न थालेको हो ।