logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

घरमा एक्लै बस्ने वृद्धा गम्भीर घाईते अवस्थामा भेटिईन्


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका-२, पशुपतिनगरमा घरमा एक्लै बस्ने एक वृद्धा गम्भीर घाईते अवस्थामा भेटिएकी छिन् ।

उनलाई कसैले आक्रमण गरेर घाईते बनाएको आशंका गरिएको छ । पशुपतिनगर टोलस्थित अन्दाजी ६५ वर्ष भन्दा बढी उमेरकी बिमला बराल राती शक्त घाईते अवस्थामा भेटिएकी हुन् ।

गएसाँझ (आइतवार साँझ) अबेरसम्म घरमा बत्ती नबलेपछि गाउँलेहरुले घरमा गएर हेर्दा वृद्धालाई घाईते अवस्थामा देखेपछि नजिकै रहेको ईलाका प्रहरी कार्यालय हरिपुरमा खबर गरेका थिए । तत्कालै प्रहरी टोली पुगेर उनलाई उपचारका लागि वीरगन्ज पठायो ।

त्यहाँबाट पनि उहाँलाई छोराहरु आएर थप उपचारका लागि आज (सोमवार) काठमाण्डौंतर्फ लगेको बुझिएको छ । ईलाका प्रहरी कार्यालय हरिपुरले घटना शंकास्पद रहेको र यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

स्थानीयका अनुसार श्रीमान बितिसकेका ती वृद्धा घरमा एक्लै बस्दै आएकी थिईन् ।