logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाहीका डीएसपी मदन कुँवरको सरुवा, माधव प्रसाद बुढाथोकी आउने


  • उज्यालो अभियान

सर्लाहीबाट सरुवा भएका डीएसपी कुँवर (बायाँ) र सर्लाही आउन लागेका डीएसपी बुढाथोकी (दायाँ)

मलंगवा – जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन कुँवरको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले गएसाँझ ( मंगलवार साँझ) ५७ जना डीएसपीहरुको सरुवा गर्दा कुँवरको पनि सरुवा भएको हो । कुँवरको ईलाका प्रहरी कार्यालय बुटवलमा सरुवा भएको हो ।

गुल्मी पुर्खौली घर भएका डीएसपी कुुँवरको घरपायक सरुवा भएको छ । डीएसपी कुँवर २०७६ चैत ७ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा हाजिर भएका थिए ।

बुटवलका डीएसपी प्रतित सिंह राठौरको नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल नक्साल, काठमाण्डौंमा सरुवा भएको छ । राठौर गत वर्ष सर्लाहीबाटै सरुवा भएर बुटवल गएका थिए ।

सर्लाहीबाट लगातार दुई जना डीएसपीको बुटवलमा सरुवा भएको हो । यस्तै, सर्लाहीमा नयाँ डीएसपीको रुपमा हाल अर्घाखाँचीको प्रहरी प्रमुखको रुपमा रहनु भएका माधव प्रसाद बुढाथोकी आउने भएका छन् ।

केही पहाडी तथा हिमाली जिल्लामा डीएसपी प्रहरी प्रमुख हुने व्यवस्था छ । सर्लाही आउन लाग्नुभएका बुढाथोकीसँग अर्घाखाँची जानुअघि छिमेकी जिल्ला महोत्तरीमा बसेर काम गरेको अनुभव छ ।

पुराना डीएसपी कुँवर एक/दुई दिनमा बुटवल जाने र त्यसपछि नयाँ डीएसपी बुढाथोकी यहाँ आउने जिल्ला प्रहरी कार्यालय मलंगवाले जनायो ।