logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

बाजागाजासहित वडा कार्यालयको भवन शिलान्यास


  • उज्यालो अभियान

सुखेपोखरी – सर्लाहीको हरिवन नगरपालिका-१०, मा आज (सोमवार) निकै तामझामस“ग वडा कार्यालय भवनको शिलान्यास गरिएको छ ।

पन्चेबाजासहित स्थानीय वासिन्दाहरुलाई सहभागी गराई हरिवन नगरपालिका वडा नं. १० सुखेपोखरीस्थित कृष्णप्रणामी टोलमा वडा कार्यालय भवनको शिलान्यास गरिएको वडाध्यक्ष शम्भु मैनालीले उज्यालो अभियानलाई जनाए ।

हरिवनका नगर प्रमुख गणेश प्रसाद प्रसाईले वडा कार्यालय भवनको शिलान्यास गरेका हुन् । नगर प्रमुख प्रसाईको प्रमुख आतिथ्यतामा आयोजित शिलान्यास कार्यक्रममा वडाध्यक्ष मैनाली, वडा नं. ८ का वडाध्यक्ष यज्ञविनोद ढुंगेल, वडा नं. ११ का वडाध्यक्ष शेष मेहबुब रेजा लगायतको आतिथ्यता रहेको थियो ।

दुई तले वडा कार्यालय भवन निर्माणका लागि यो आर्थिक वर्षमा संघ सरकारले २५ लाख रुपैया“ उपलब्ध गराएको वडाध्यक्ष मैनालीले बताए । आगामी आर्थिक वर्ष थप बजेट विनियोजन गरेर भवन निर्माणको काम पूरा गरिने वडाध्यक्ष मैनालीले जानकारी दिए ।