स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उपस्थित व्यक्तित्वहरु । (तस्बिर : सामाजिक संजाल)
मलंगवा – खाल्डसा एण्ड इन्टरनेशनल नामक संस्थाको सहयोगमा जिल्ला अस्पताल मलंगवालाई सुक्रवार १० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
नेपाली कांग्रेस निकट जीपी कोइराला अध्ययन केन्द्रको पहलमा नेपाल विद्यार्थी संघ सर्लाहीसँग समन्वय गरी अस्पतालका लागि पाँच थान अक्सिजन कन्सन्ट्रेटर र २५ थान अक्सोमिटर प्रदान गरिएको हो । उक्त सामग्री अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झा र डा. अविनाश सिंहलाई प्रदान गरिएको नेताहरुले बताएका छन् ।
स्वास्थ्य सामग्री प्रदान गर्न जीपी कोइराला अध्ययन केन्द्र सर्लाहीका अध्यक्ष मनिष रायमाझी, नेपाली कांग्रेस हरिवनका सचिव एवं युवा नेता निरोज कार्की, नेतृ सोनी कुमारी बोम्जन, विद्यार्थी नेताहरु समिर मिकरानी, कृष्ण रायमाझी, कैमुल मिकरानी, मुन्ना यादव लगायतको उपस्थिति थियो ।