logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

उज्यालो अभियान समाचार प्रभाव : बलराको डुमरियामा बनाइएको नाला भत्काईयो


  • उज्यालो अभियान

डुमरियामा सडकभन्दा निकै अग्लोगरी नाला निर्माण गरिएपछि देखिएको दृष्य । (तस्बिर : उज्यालो अभियान)
डोजर लगाएर नाला भत्काईंदै ।


बलरा – सर्लाहीको दक्षिण-पश्चिम भेगस्थित बलरा नगरपालिका-७, मा निर्माण गरिएको नाला एक साता नबित्दै भत्काइएको छ ।

बस्तीका वासिन्दालाई आवतजावत र सवारी साधनलाई आउनजान गर्नै नमिल्ने गरी सडक भन्दा अग्लो नाला निर्माण भएपछि चौतर्फी विरोध भएको थियो । सडक भन्दा अग्लो नाला बनेको र त्यसले स्थानीयहरुलाई सहज भन्दा अप्ठेरो पारेको भन्दै दुई दिनअघि उज्यालो अभियान अनलाईनमा समाचार प्रकाशित भएको थियो ।

यो पनि पढ्नोस्

बलराको डुमरियामा सडक भन्दा अग्लो नाला, घरहरु डुबानमा पर्ने स्थानीयको चिन्ता


स्थानीय युवाहरुको चर्को विरोध र संचारमाध्यममा समाचार समेत आएपछि नगरपालिका कार्यालय उक्त नाला भत्काउन बाध्य भएको हो । स्थानीय वासिन्दाले अब उपयुक्त हिसावले नाला निर्माण गर्न माग गरेका छन् । डुमरियाको भित्री गाउँमा बलरा नगरपालिकाले ३ लाख खर्चेर ३६ मिटर नाला निर्माण गरेको थियो ।


यसअघि नाला निर्माणमा कुनै विरोध नभएको दावी गर्ने बलरा नगरपालिका ७ का वडाध्यक्ष अवधेश मण्डलले शुक्रवार मध्यान्ह उज्यालो अभियानसँग कुरा गर्दै सो नालामा नगरले बजेट नहालेको तर्क गरेका छन् । उनले व्यक्ति आफैले नाला बनाएको र उसैले भत्काएको दावी गरे ।

वडाध्यक्ष मण्डलले दुई दिनअघि नाला आफूहरुले बनाएको र त्यसमा नेताहरुको विरोध भएपनि गाउँलेको कुनै पनि किसिमको विरोध नरहेको बताएका थिए ।