logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

दाईजोको निहुमा नवदुलही माथि चरम यातना, बाबुछोरा पक्राउ


  • उज्यालो अभियान

मलंगवा – थप दाईजो स्वरुप मोटरसाईकल नपाएको भन्दै सर्लाहीको दक्षिण–पूर्वी क्षेत्र स्थित हरिपूर्वा नगरपालिका निवासी एक परिवारले नव दुलहीमाथि चरम यातना दिएको आरोप लागेको छ ।

हरिपूर्वा नगरपालिका–२ निवासी एक परिवारले महोत्तरी सम्सी गाउँपालिका–६ बाट भर्खरै बिबाह गरेर घर भित्र्याईएकी २१ वर्षीया नवदुलही माथि चरम यातना दिएको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा किटानी जाहेरी दिएको छ । हरिपूर्वा निवासी जोगनारायण साहसँग गत वैशाख १३ गते सामाजिक रितिरिवाज अनुसार बिबाह गरेर भित्र्याईएकी २१ वर्षीया ती युवतीलाई साहसहित उनका बुबा, आमा र भाई समेतले गत जेठ १२ गतेदखि १६ गतेस ५ दिनसम्म लगातार चरम यातना दिएको, तेजाब हाल्ने प्रयास गरिएको लगायत आरोप सहित पीडित युवतीले किटानी जाहेरी दिएकी छिन् ।

बिबाह अगाडी नै आफूले दुलाहा पक्षलाई पौने चारलाख नगद तथा सुनचाँदीका गरगहना, मोबाईल सेट र फर्निचर दाईजो स्वरुप दिएपनि पुनः मोटरसाईकल र नगद मागेर आफ्नी छोरीमाथि निर्घात कुटपिट गरिएको पीडित युवतीका बुबाले दाबी गरे । पीडित युवतीको किटानी जाहेरी अनुसार जोगनारायण साह तथा उनका बुबा अनुप साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । प्रनाउ कुँवरका अनुसार पक्राउ परेका बाबुछोरालाई दाईजो सम्बन्धी कसुर तथा ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।

कुटपिटबाट अत्यन्त थलिएकी छोरीलाई गाउँमै सामान्य उपचार पश्चात मलंगवा अस्पतालमा उपचार गराएर हाल घरमै राखेको पीडित युवतीका बुबाले बताए ।