logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

हरिपुर र ईश्वरपुर नपालाई सेभ द चिल्ड्रेनको सहयोग


  • उज्यालो अभियान

संस्थाले उपलब्ध गराएको सामग्री । (तस्बिर : प्रकाश मैनाली/उज्यालो अभियान)

ईश्वरपुर – जिल्ला स्थित हरिपुर र ईश्वरपुर नगरपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री प्राप्त भएको छ ।

सेभ द चिल्ड्रेनको सहयोगमा ग्रामीण नारी उत्थान संघले सञ्चालन गरिरहेको समुन्नती परियोजनाले आईतबार दिउँसो ईश्वरपुर र हरिपुर नगरपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको हो । कोरोना भाईरस संक्रमण फैलन नदिन नगरपालिकाले चालिरहेको अभियानलाई टेवा पुगोस् भन्दै परियोजनाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको संघका उपाध्यक्ष विष्णु चालिसेले जानकारी दिए ।

‘आफूँ बँचौ र अरुलाई पनि बचाँऔ’ भन्ने मूल नारा सहित कोरोना विरुद्ध सामुदायिक अभियान अन्तर्गत परियोजनाले ईश्वरपुर नगरपालिकालाई बिरामी राख्ने बेड ६ थान, सर्जिकल ग्लोब्स ६० थान, एन्टीजेन टेस्ट किट ५०० थान, औषधि छर्ने टयाङ्की १ थान ,सर्जिकल मास्क ५०० पिस तथा पल्स अक्सोमिटर ३ थान प्रदान गरेको छ । त्यस्तै, हरिपुर नगरपालिकालाई पनि बिरामि राख्ने बेड ३ थान, सर्जिकल ग्लोब्स ६० पिस, एन्टीजेन टेस्ट किट ४०० पि , औषधि छर्ने टयाङ्की १ थान, सर्जिकल मास्क ५०० पिस तथा पल्स अक्सोमिटर २ थान प्रदान गरिएको पनि संस्थाका सचिव सूर्य चालिसेले जानकारी दिए । समुन्नती परियोजनाले ईश्वरपुर र हरिपुर नगरपालिकामा जनचेतनामूलक स्वास्थ्य सन्देश सहित माईकिङ समेत गरेको थियो ।