logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

हरिपुरमा कोरोना सम्बन्धि चेतनामूलक माईकिङ


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिकामा कोरोना भाईरस सम्बन्धि जनचेतना मूलक सन्देश प्रवाह गरिएको छ ।

ग्रामिण नारी उत्थान संघ हरिपुर र सेभ द चिल्ड्रेनको सहयोगमा संचालित समुन्नती परियोजना अन्तर्गत हरिपुर नगरपालिकामा जनचेतना मूलक सन्देश प्रवाह गरिएको हो । कोरोना भाईरसको संक्रमण र संक्रमितको मृत्युदर न्यूनिकरणका लागि कोरोना विरुद्ध सामुदायिक अभियान अन्तर्गत ‘आफू बचौँ र अरुलाई पनि बचाऔं’ लगायत सचेतनामूलक नारा सहित दुईवटा अटोको सहायतामा कोरोना भाईरसबाट बच्ने उपाय र समुदायलाई सुरक्षित राख्ने उपायको बारेमा तयार पारिएको स्वास्थ्य सन्देश माईकिङ गरिएको संस्थाले जनाएको छ । हरिपुर नगरपालिकाभर माईकिङको माध्यमबाट सन्देश प्रवाह गरिएको ग्रामिण नारी उत्थान संघ हरिपुरका उपाध्यक्ष विष्णु चालिसेले जानकारी दिए । त्यस्तै ईश्वरपुर नगरपालिकामा पनि केही दिनभित्रै सचेतनामूलक नारा सहित माईकिङ गरिने संस्थाले जनायो ।

यस अघि समुन्नती परियोजना अन्र्तगत ईश्वरपुर नगरपालिकालाई पिपिई १३० थान, ५०० मिलिलिटरको सेनिटाईजर तिस बोतल, ४०० पिस ग्लोव्स, एक थान इन्फ्रारेड थर्मामिटर गरी जम्मा ४ लाख ३९ हजार ९६६ रुपैँया बराबरको सामग्रीे समेत हस्तान्तरण गरिएको थियो ।