मलंगवा – कोरोना भाईरस संक्रमणको दोस्रो कहरकालमा सर्लाहीका ४८ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय मलंगवाले मंगलबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म सर्लाहीका ४८ जनाको कोरोना भाईरस संक्रमणबाट मृत्यु भएको छ । सर्लाहीमै होम आईसोलेसन तथा अस्पतालमा उपचार गराउँदा गराउँदै एवं मुलुकका विभिन्न अस्पतालमा उपचार गराउँदा गराउँदै हालसम्म ४८ जनाको मृत्यु भएको जानकारीमा आएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयले जारी मंगलबार जारी गरेको दैनिक बुलेटिन अनुसार जिल्ला स्थित लालबन्दी र मलंगवा नगरपालिकाका सबैभन्दा बढी ७–७ जनाको मृत्यु भएको छ । त्यस्तै चक्रघट्टा गाउँपालिकाका ६ जना, बरहथवा नगरपालिकाका ५ जना, ईश्वरपुर नगरपालिकाका ४ जना, बागमती नगरपालिका, कबिलासी नगरपालिका र ब्रम्हपुरी गाउँपालिकाका ३–३ जनाको मृत्यु भएको छ । त्यसैगरी हरिवन नगरपालिका, बलरा नगरपालिका एवं रामनगर गाउँपालिकाका २–२ जना र चन्द्रनगर गाउँपालिका, बसबरिया गाउँपालिका, कौडेना गाउँपालिका र पर्सा गाउँपालिकाका १–१ जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म एकजना पनि मृत्यु नहुने पालिकाहरुमा हरिपुर नगरपालिका, हरिपूर्वा नगरपालिका, गोडैता नगरपालिका, धनकौल गाउँपालिका र विष्णु गाउँपालिका रहेका छन् ।
त्यस्तै मंगलबार साँझसम्म सर्लाहीका २२ सय ३२ जनाको थ्रोट स्वाबबाट पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा ११ सय ३२ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको बुलेटिनमा छ ।