logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सर्लाही सेवा समाज कुवेतले गर्यो हरिवनका ४० परिवारलाई राहत सहयोग


  • उज्यालो अभियान

एक विपन्न परिवारलाई राहत सामग्री प्रदान गरिँदै । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाही सेवा समाज कुवेतले हरिवन नगरपालिकाका अति विपन्न ४० परिवारलाई विभिन्न खाद्यान्न सहित राहत एवं स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।

सर्लाही सेवा समाज कुवेतका अध्यक्ष सुर्य लामा तथा सल्लाहकार गुलाम नबि मन्सुर सहितको टिमले ६१ हजार रुपैंया पठाएको र सो रकम बराबरको खाद्य सामग्री वितरण गरिएको हरिवन नगरपालिका–५ निवासी युवा संघ नेपालका केन्द्रीय सदस्य सिङ बहादुर योञ्जनले जानकारी दिए । कोरोना भाईरस संक्रमण रोक्न जारी निषेधाज्ञाका कारण काम गर्न नपाएर भोकभोकै मर्ने अवस्थामा पुगेका हरिवन नगरपालिकाका विभिन्न वडाका ४० परिवारलाई आज (मंगलबार)बिहान घर–घरमै पुगेर राहत सामग्री वितरण गरिएको हो ।

चामल, दाल, तेल, नुन, साबुन, मास्क, सेनिटाईजर लगायत राहत एवं स्वास्थ्य सुरक्षा सामग्री वितरणमा आदिवासी लोकतान्त्रिक जनजाति महासंघ का उपाध्यक्ष सुरेन्द्र लामा, वडा नं. ४ का वडा अध्यक्ष धनबहादुर वाइबा, नेकपा एमाले सम्बद्ध अनेम संघ जिल्ला सचिब लिलि घिसिङ, हरिवन नगर अन्तर पार्टी महिला सञ्जाल अध्यक्ष पद्मा मोक्तान, हरिवन–५ की वडा सदस्य सजनि स्याङ्तान, युवा नगर संयोजक मिलन लामा, युवा समाजसेवी कुलबिर थापा, युवा जिल्ला सदस्य निर्मल लामा लगायतको उपस्थिती रहेको योञ्जनले बताए ।