मलंगवा – काेराेना भाईरसकाे दाेस्राे चरण अन्तर्गत सर्लाहीमा पछिल्लो २४ घण्टामा थप तिनजना कोरोना संक्रमितकाे मृत्यु भएको छ ।
ईश्वरपुर नगरपालिका-३ का ६२ वर्षीय पुरुष र बागमती नगरपालिका-८ का ५० वर्षीय पुरुषकाे उपचारका क्रममा नारायणी अस्पताल वीरगंजमा मृत्यु भएकाे हाे । त्यस्तै ब्रम्हपुरी-७ का ३२ वर्षीय पुरुषकाे उपचारका क्रममा नाेबेल अस्पताल विराटनगरमा मृत्यु भएकाे छ । याे सँगै काेराेना भाईरस संक्रमणबाट सर्लाहीका ४८ जनाकाे मृत्यु भएकाे छ ।
त्यस्तै, हालसम्म जिल्लाका २२ सय ३२ जनाको थ्रोट स्वाबबाट पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा ११ सय ३२ जनामा कोरोना भाईरस पाेजेटिभ देखिएकाे छ ।