logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

लालन्दी अस्पताललाई एकलाखको औषधी र भिटामिन सहयोग


  • उज्यालो अभियान

लालबन्दी — सर्लाहीको लालबन्दी नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आज (आईतबार) औषधी र भिटामिन एवं पानी सहयोग गरिएको छ ।

लालबन्दी नगरपालिका–९ घर भई हाल ललितपुरमा औषधी व्यवसाय गरिरहेका सन्तोष बराल र शाही औषधी लिमिटेडमा कार्यरत ज्ञानी भट्टराईले भिटाभीन, रुघाखोकीमा प्रयोग हुने विभिन्न औषधी प्राथमिक सेवा केन्द्रलाई हस्तान्तरण गरेका हुन् । आईतबार बिहान आयोजित एक कार्यक्रमबीच लालबन्दी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष राजन श्रेष्ठले समेत स्वास्थ्य केन्द्रलाई २० कार्टुन पानी प्रदान गरेका छन् । लालबन्दी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गोपाल घिमिरे र स्वास्थ्य केन्द्र प्रमुख डा. प्रगति रानालाई हस्तान्तरण गरिएको कोरोना संक्रमित बिरामीलाई खुवाउनका लागि उपयुक्त हुने भिटामिन एवं औषधी १ लाख बराबरको भएको बताईएको छ ।

लालबन्दी नगरपालिका निवासी श्याम श्रेष्ठको समन्वयमा उक्त सहयोग स्वास्थ्य केन्द्रलाई प्राप्त भएको भन्दै लालबन्दी नगरपालिका–९ का वडाध्यक्ष घिमिरेले धन्यवाद प्रकट गरे । गतवर्ष नगरपालिका वा वडा कार्यालयलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्दा स्वास्थ्य संस्था एवं त्यहाँ कार्यरत कर्मचारीले पर्याप्त रुपमा नपाएको गुनासो आएकाले यसपटक बीरामीको उपचार गर्ने स्वास्थ्य केन्द्रमै औषधी एवं भिटामिन हस्तान्तरण गरिएको श्रेष्ठले उज्यालो अभियानलाई बताए । सामग्री हस्तान्तरण कार्यक्रममा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य लुमडी प्रसाद धिमाल, नगर सचिव लेखराम जर्गा, भिम काफ्ले, नबराज पौडेल, रमा काफ्ले लगायतको उपस्थिती रहेको थियो ।