मलंगवा – सर्लाहीमा दोश्रो चरणमा फैलिएको कोरोना भाईरस संक्रमणबाट पछिल्लाे २४ घण्टामा ३ जनाकाे मृत्यु भएकाे छ । जिल्ला प्रशासन कार्यालयले भने पछिल्लाे २४ घण्टामा २ जनाकाे मात्र मृत्यु भएकाे तथ्यांक शनिबार दिउँसाे सार्बजनिक गरेकाे छ ।
प्रशासन कार्यालयका अनुसार पछिल्लाे २४ घण्टामा मलंगवा नगरपालिका-९ का ५३ वर्षीय तथा कबिलासी नगरपालिका-२ का ७२ वर्षीय पुरुषकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । शनिबार बिहान बरहथबा नगरपालिका-५ का ४५ वर्षीय एक पुरुषकाे वीरगंजमा उपचार गर्दागर्दै मृत्यु भएपनि जिल्ला प्रशासनकाे तथ्यांकमा छैन । भारतकाे चेन्नईमा व्यबसाय गर्दै आएका ती पुरुष सपरिवार आफन्तकाे बिबाहमा सहभागी हुन दुईसाता अघि पुर्ख्याैली घर बरहथबा आएका थिए । उनकाे शनिबार बिहान बागमति नदि किनारमा आफन्तले दाहसंस्कार गरेका छन् । याेसँगै सर्लाहीमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३८ पुगेपनि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसाे सार्बजनिक गरेकाे तथ्यांकमा ३७ जनाकाे मात्र मृत्यु उल्लेख छ ।
त्यस्तै प्रशासनकाे तथ्यांक अनुसार सर्लाहीमा पछिल्लाे २४ घण्टामा ७५ जना संक्रमति थपिएका छन् । याेसँगै सर्लाहीमा हालसम्म संक्रमित हुनेको संख्या ९०२ पुगेको छ ।
जिल्लाका हरेक पालिकामा फाेन गरेर साेध्दै तथ्यांक संकलन गर्नुपर्ने र कतिपय पालिकाका सम्बन्धित कर्मचारीसँग सम्पर्क नै नहुने लगायत समस्याले पछिल्लाे तथ्यांक सार्बजनिक गर्न समस्या भईरहेकाे जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले बताए । त्यस्तै काेराेना भाईरस संक्रमणमुक्त कतिजना भए भन्ने तथ्यांक पनि सार्बजनिक हुन सकेकाे छैन ।