logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सर्लाहीमा काेराेना संक्रमित ८२७ पुगे


  • उज्यालो अभियान

मलंगवा – दोश्रो लहरमा फैलिएको कोरोना भाईरसबाट सर्लाहीमा हालसम्म ८२७ जना संक्रमित पुगेका छन् ।

जिल्ला प्रशासन कार्यालय मलंगवाकाे तथ्यांक अनुसार शुक्रबार मात्र सर्लाहीमा ६५ जना संक्रमित थपिएका छन् । बिहिबारसम्म ७६२ जना संक्रमित थिए । पीसीआर गर्ला ७१२ जना तथा एन्टिजेन परीक्षण गर्दा ११५ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । हालसम्म जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ । बिहिबार एकैदिन सर्लाहीका ६ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको थियाे । जिल्ला प्रशासन कार्यालय, सर्लाहीले जनाएको छ ।

यसैबिच, ईश्वरपुर नगरपालिकाले नगरभित्रका १२३ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएकाे छ । कोरोना संक्रमणसँग मिल्ने लक्षण भएका बिरामी, मृतकका परिवार, सरकारी तथा बैँकका कर्मचारीलगायत १२३ जनाको स्वाब संकलन गरेर जिल्ला अस्पताल मलंगवामा पिसिआर जाँचका लागि पठाईएको ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार देवकोटाले बताए ।