केही दिनअघि सासापुर स्वास्थ्य चौकीमा थ्रोट स्वाब संकलन गरिँदै । (फाईल तस्बिर)
हरिवन – सर्लाहीकाे हरिवन नगरपालिकाले संकलन गरेर पठाएकाे थ्राेट स्वाब मध्ये फेरि ४६ जना संक्रमित फेला परेका छन् ।
नगरपालिकाले गत साेमबार ४० जना पुरुष र ३३ जना महिला गरि ७३ जनाकाे थ्राेट स्वाब संकलन गरेर परीक्षणका लागि मलंगवा पठाएकाे र जसमध्ये आज (विहिबार) दिउँसाे आएकाे रिपाेर्ट अनुसार ४६ जनामा काेराेना भाईरस पाेजेटिभ देखिएकाे हाे । हरिवन नगरपालिका स्वास्थ्य शाखाका काेभिड फाेकल पर्सन एवं जनस्वास्थ्य निरीक्षक रामबाबु चाैधरीका अनुसार थप दुईजनाकाे रिपाेर्ट भने शंकाष्पद आएकाे छ । ती दुईजनाकाे स्वाब पुनः संकलन गरेर परीक्षणका लागि पठाउनु पर्ने भएकाे हाे ।
विहिबार आएकाे रिपाेर्ट अनुसार वडा नं. ११ मा सबैभन्दा बढी १७ जनामा काेराेना भाईरस देखिएकाे छ । जसमा १० जना पुरुष र सातजना महिला रहेका छन् । त्यस्तै वडा नं. सातमा पाँचजना महिला र एक पुरुष गरि छ जना, वडा नं. ८ मा तीन महिला र दुई पुरुष गरि पाँचजना, वडा नं. १० मा पनि तीनजना महिला र दुई पुरुष गरि पाँचजनामा काेराेना भाईरस देखिएकाे हाे । त्यस्तै वडा नं. वडा नं. नाै मा दुई महिला र एक पुरुष गरि तीनजना, वडा नं. तीनमा एकजना पुरुषमा काेराेना भाईरस देखिएकाे छ ।
सर्लाहीको हरिवनमा उपचाररत एक महिला सहित दुईजना कोरोना संक्रमितको मृत्यु
त्यस्तै हरिवनबाटै पठाईएकाे स्वाब मध्ये लालबन्दीका एक महिलासहित दुईजना, बागमती नगरपालिकाका एक महिलाका सहित दुईजना, बरहथवा नगरपालिकाका दुईजना पुरुष, हरिपुर र हरिपूर्वा नगरपालिकाका एक-एक जनामा काेराेना भाईरस पाेजेटिभ देखिएकाे हरिवन नपा स्वास्थ्य शाखाका काेभिड फाेकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक चाैधरीले बताए ।
त्यस्तै हरिवन नगरपालिकाले बुधबार दिउँसाे ३५ पुरुष र २३ जना महिला गरि ५८ जनाकाे स्वाब संकलन गरेर पठाएकाे छ । उक्त स्वाबकाे रिपाेर्ट भने भाेली (शुक्रबार) आउने बताईएकाे छ । यसअघि हरिवन नगरपालिकाबट एकसाता अघि पठाईएकाे ५४ जनाकाे स्वाब संकलन गरेर मलंगवामा परीक्षण गराउँदा ४१ जनामा काेराेना भाईरस देखिएकाे थियाे । उक्त रिपाेर्ट आएसँगै हरिवन नगरपालिकाले संक्रमितका आफन्त, परिवारजन, कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुकाे नियमित स्वाब संकलन गर्दै परीक्षणका लागि मलंगवा पठाउँदै आएकाे छ । हरिवन नगरपालिकाले शुक्रबार पुन: स्वाब संकलन गर्ने कार्यक्रम राखेकाे छ ।
पछिल्लाे समय आएकाे रिपाेर्ट अनुसार समुदाय स्तरमा काेराेना भाईरस संक्रमण व्यापक रुपमा फैलिएको पुष्टी हुने चिकित्सकहरु बताउँछन् । सर्लाहीमा परीक्षणकाे रिपाेर्ट अनुसार ७५ प्रतिशत भन्दा बढीमा काेराेना भाईरस देखिएकाे छ ।