उज्यालो समाचार प्रमुख जनार्जन खत्री ।
लालबन्दी – उज्यालो अभियान मिडिया नेटवर्क प्रालिका सञ्चालक सदस्य एवं उज्यालो अभियान दैनिक तथा उज्यालो अभियान अनलाईनका समाचार प्रमुख जनार्जन खत्रीलाई कोरोना भाईरस देखिएको छ ।
बुधबार दिउँसो लालबन्दी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गराउँदा खत्रीको एन्टिजेन पोजेटिभ आएको हो । एकसाता देखि स्वास्थ्यमा सामान्य समस्या देखिएपछि बुधबार दिउँसो खत्री कोरोना भाईरस परीक्षणका लागि लालबन्दी स्थित प्राथमिक स्वास्थ्य केन्द्र गएका थिए । ज्वरो नदेखिएपनि झण्डै एकहप्तादेखि पेट दुख्ने, वान्ता आउने तथा पखाला समेत चल्ने लक्षण देखिएपछि खत्रीले बुधबार कोरोना परीक्षण गराएका हुन् ।
परीक्षण गर्दा आफ्नो एन्टिजेन पोजेटिभ आएको खत्रीले जानकारी दिए । उनका परिवारका अन्य सदस्यको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । गोरखापत्र दैनिकका समाचारदाता समेत रहेका खत्रीले हाल भने आफ्नो स्वास्थ्य अवस्था निकै सामान्य रहेको बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष समेत रहेका उज्यालो अभियान मिडिया नेटवर्क प्रालिका अध्यक्ष टंकबहादुर क्षेत्रीले सर्लाहीका उदीयमान पत्रकार खत्रीको स्वास्थ्य सुधार एवं आगामी परीक्षणमा कोरोना भाईरस नेगेटिभ आउने विश्वास व्यक्त गरेका छन् । पत्रकार महासंघ अध्यक्ष क्षेत्रीले कोरोना भाईरस संक्रमणको दोस्रो कहरकालमा सर्लाहीका सम्पूण पत्रकारहरुलाई सचेत र सजगताका साथ काम गर्न समेत आग्रह गरेका छन् ।