logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

भोरले दियो पत्रकार महासंघ सर्लाहीलाई ४० पोका मास्क र ४० बोतल सेनिटाईजर


  • उज्यालो अभियान

पत्रकार महासंघका अध्यक्ष टंकबहादुर क्षेत्री (दायाँ)लाई मास्क र सेनिटाईजर प्रदान गर्दै भोरका संस्थापक अध्यक्ष राजकुमार महतो । (तस्बिर : उज्यालो अभियान)

हरिवन – भोर नामक संस्थाले सर्लाहीमा क्रियाशिल पत्रकारहरुका लागि मास्क र सेनिटाईजर प्रदान गरेको छ ।

आईतबार साँझ उज्यालो अभियान दैनिक एवं अनलाईनको हरिवन स्थित कार्यालयमा भोरका संस्थापक अध्यक्ष राजकुमार महतो, अध्यक्ष पँचु माझी मुसहर लगायतले पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्रीलाई ५० वटा दरको ४० पोका मास्क र १०० एमएल दरको ४० बोतल सेनिटाईजर प्रदान गरेका हुन् । कोरोना भाईरसको महामारीमा अग्रपंक्तिमा खटिने हुनाले पत्रकारहरुलाई महामारीबाट जोगाउनका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको भोरका संस्थापक अध्यक्ष महतोले जानकारी दिए । भोरका अध्यक्ष मुसहरका अनुसार दौंतरी संस्थाको सहयोगमा भोरले तत्काल कोरोना महामारीका बीच पनि अग्रपंक्तिमा खटिने पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत ३०० जनालाई मास्क, सेनिटाईजर, फेस शिल्ड, चश्मा लगायत स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्न लागेको हो ।

भोरले गतवर्ष पनि कोरोना महामारीका कारण आपतमा परेका गरिब, विपन्न, मजदुर लगायतलाई राहत सामग्री तथा गर्भवती, सुत्केरी महिलालाई पोषण खानेकुरा वितरण गरेको थियो भने स्वास्थ्य सुरक्षा सामग्रीहरु समेत वितरण गरेको थियो । यसवर्ष पनि पहिलो चरणमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिने र लकडाउन लामो समय रहे राहत सामग्री वितरण गर्ने योजना रहेको भोरका संस्थापक अध्यक्ष महतोले जानकारी दिए ।

पत्रकार महासंघ सर्लाहीका अध्यक्ष क्षेत्रीका अन्ुसार प्राप्त स्वास्थ्य सुरक्षा सामग्री सर्लाहीमा क्रियाशिल रुपमा खटिने पत्रकारहरुलाई सोमबारबाटै वितरण सूरु गरिने छ । शनिबार सदरमुकाम मलंगवा स्थित स्तुती सौम्या हेल्थ केयरका संचालक डा. गुणेश्वर झाले उपलब्ध गराएको ५०० थान मास्क र सेनिटाईजर भने महासंघका सचिव सुनिल ठाकुरले मलंगवा तथा आसपासका संचारगृह र पत्रकारलाई आईतबार बिहानै वितरण गरेका छन् । व्यक्तिगत काम विशेषले तीन साता बाहिर बसेर दुई दिनअघि जिल्ला फर्कने वितिकै आफूले आग्रह गरेअनुसार विभिन्न संघ संस्थाबाट धमाधम स्वास्थ्य सुरक्षा सामग्री प्राप्त हुन थालेको भन्दै सामग्री उपलब्ध गराउने संघ संस्था एवं मनकारी महानुभावहरुलाई महासंघ अध्यक्ष क्षेत्रीले आभार प्रकट गर्दै आगामी दिनमा पनि साथ, सहयोग र सहकार्यको अपेक्षा गरेका छन् ।