logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

मलंगवाको पीसीआर ल्याबमा १८८ जनाको थ्रोट स्वाब परीक्षण गर्दा १३३ जनामा संक्रमण


  • उज्यालो अभियान

मलंगवा – परीक्षण बढाउँदै लगिँदा सर्लाहीमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्न थालेको छ ।

यसबाट समुदाय स्तरमा संक्रमण व्यापक रुपमा फैलिएको पुष्टी हुने चिकित्सकहरु बताउँछन् । जिल्ला अस्पताल मलंगवाको ल्याबमा बिहिवार साँझ १८८ जनाको थ्रोट स्वाब जाँच गर्दा १३३ जनामा कोरोना संक्रमण पाइएको अस्पतालका कोभिड फोकल पर्सन एवं जनस्वस्थ्य निरीक्षक श्रीप्रसाद साहले जानकारी दिए ।

उनका अनुसार हरिवन, बागमतीबाट वुधवार संकलन गरेर लगिएको र अस्पतालमै पुगेर स्वाब दिएका व्यक्तिहरुको पीसीआर परीक्षण गरिएको हो । हरिवनबाट ५४ जनाकाे स्वाब परीक्षण गर्दा ४० जना तथा बागमती नगरपालिकाबाट पठाईएकाे ७१ जनामा ५८ जनालाई काेराेना भाईरस पाेजेटिभ देखिएकाे छ ।

हरिवन, बागमती, सदरमुकाम मलंगवा सहित जिल्लाका विभिन्न स्थानबाट समेत गरि १८८ जनाकाे स्वाब परीक्षण गर्दा १३३ जनामा काेराेना भाईरस देखिएकाे हाे । याे तथ्यांक अनुसार परीक्षण गरिएका मध्ये ७१ प्रतिशतमा काेराेना भाईरस संक्रमण फैलिएकाे देखिएकाे छ ।