logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाहीको बाँके जंगलमा शिकारी र प्रहरीबीच दोहोर फायरिङ, हतियारसहित एक जना पक्राउ


  • उज्यालो अभियान

फूलजोर – सर्लाहीको ईश्वरपुरस्थित बाँके जंगलमा शिकारी र प्रहरीबीच केहीबेर अघि (बिहिवार साँझ) दोहोरो फायरिङ भएको छ ।

वनमा शिकार खेल्न गएका शिकारीसँग प्रहरीको जम्काभेट भएपछि फायरिङ भएको हो । घटनास्थलमा अहिले ईलाका प्रहरी कार्यालय केशरगञ्जबाट इन्सपेक्टर जनकराज ढुंगाना नेतृत्वको टोली पुगेको छ ।

प्रहरी टोलीले एक जनालाई हतियारसहित पक्राउ गरेको सर्लाहीका प्रहरी उपरीक्षक एसपी सन्तोष सिंह राठौरले उज्यालो अभियानकर्मी जनार्जन खत्रीसँग बताए

घटनाबारे थप विवरण आउन बाँकी छ ।