logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सर्लाहीमा भोली राती १२ बजेबाट निषेधाज्ञा


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय । (तस्बीर ः उज्यालो अभियान)

मलंगवा – कोरोनाको दोस्रो भेरिएन्टको संक्रमण तीव्ररुपमा फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले वैशाख २५ गते राति १२ बजेबाट जिल्लाभरी निषेधाज्ञा लागाउने निर्णय गरेको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबारको बैठकले जिल्लाभरी शनिबार राति १२ बजेदेखि आउँदो शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ९३० र संक्रामक रोग ऐन २०२० को दफा ९२० बमोजिम निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।

संक्रमितको संख्या ५ सय नपुगे पनि सर्वसाधारणको जनस्वाथ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मनन गरी कोभिड नियन्त्रणका लागि जिल्लाभर निषेधाज्ञा लगाउनु परेको जिल्ला प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी हेमराज तामाङद्वारा हस्तक्षरित निषेधाज्ञा सम्बन्धी आदेशमा समुदाय तथा व्यक्तिले अनिवार्य रुपमा पालना गर्न आग्रह गरिएको छ । निषेधाज्ञा पालना नगर्नेलाई संक्रामक रोग ऐनअनुसार कार्वाही गरिने पनि चेतावनी दिइएको छ ।