logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाहीमा फेरि झरी


  • उज्यालो अभियान

लालबन्दी – सर्लाही र आसपासका जिल्लाको मौसम बद्ली भएर पानी परेको छ ।

यस क्षेत्रमा गत मंगलवार र वुधवार पनि दुई दिन निरन्तर झरी परेको थियो । हिजो दिनभर मौसम सफा भएपनि आज बिहानबाट फेरि बद्ली भएर मेघगर्जनसहित पानी परिरहेको हो ।

यसैबीच, देशभरको मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणाली, दक्षिण भू–भाग नजिक विकसित भएको न्यूनचापीय क्षेत्र तथा बङ्गालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव देखिएकाले मौसम बद्ली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम तथा प्रदेश एक र गण्डकीका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।